दियाले–पञ्चासे–नयाँबस्ती–धार्के र बाघखोर सडक प्राथमिकतामा : अध्यक्ष चन्द्र तामाङ

दियाले–पञ्चासे–नयाँबस्ती–धार्के र बाघखोर सडक प्राथमिकतामा : अध्यक्ष चन्द्र तामाङ

download (1)

बैशाख १५ । २०७४ साल बैशाख ३१ गते स्थानियतहको निर्बाचन सम्पन्न भएसँगै जनप्रतिनिधिहरुले जनताको हितमा रहेर काम गर्दै आईरहेका छन् । वडा, गाउँपालिका, नगरपालिका लगायतका तहहरुमा चुनिएर गएका प्रतिनिधीहरुले बिभिन्न बिकासका काम गरिरहेका छन् । यसैक्रममा नुवाकोट बेलकोटगढी नगरपालिकाका वडा नम्बर ४ का अध्यक्ष चन्द्रबहादुर तामाङले आफ्नो वडाहरुमा पनि बिकासका कामले निरन्तरता पाएको बताउनुभएको छ । रेडियो राजमार्गको रेडियो कार्यक्रम राजमार्ग सम्बादमा कुरा गर्दै वडामा खानेपानी, सडक लगायतका लागी प्राथमिकतामा राखेर काम भईरहेको बताउनुभयो ।
साबिक दुईपिपलको ९ र ५, कुमरीको ५ वडा मिलेर बेलकोटगढी वडा ४ बनेको छ । जगरपालिका भएपछि सबैको घरघरमा कच्ची सडक पुगेको बताउँदै उहाँले खानेपानी, बिद्युत लगायतका काम भईरहेको बताउनुभयो । सडक तर्फको कुरा गर्दा दियाले पञ्चासे नयाँबस्ती धार्के सडक र बाघखोर सडक निर्माणमा बढी जोड दिईएको बताउनुभयो । सडक निर्माण भएसँगै कोल्पुखोलामा पुल हाल्नेकाम पनि अगाडी बढ्ने तामाङले बताउनुभयो ।
सुख्खा जमिन धेरै रहेको बेलकोटगढी ४ मा अन्न उत्पादन तथा सिँचाईको राम्रो ब्यबस्था र सडक सञ्जालको दिगोपना नहुनाले खाद्य उत्पादन सोचेजस्तो हुन नसकेको समेत उहाँले बताउनुभयो ।
वडा नम्बर ४ मा स्वाथ्य चौकीको समस्या भने नभएको र साना खाले सबै उपचार हुने सुकुमान मोमोरियल अस्पतालले धेरै सहजता प्रदान गरेको अध्यक्ष तामाङले बताउनुभयो ।
बैशाख १५, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments