दया सुवेदीले जितिन् थाक्रे लोक प्रतिभाको उपाधी

दया सुवेदीले जितिन् थाक्रे लोक प्रतिभाको उपाधी

12
thakre lok

आशिष ठकुरी

महादेवबेशी । थाक्रे लोक प्रतिभाको उपाधी दया सुवेदीले जितेकी छिन् । थाक्रे गाउँपालिकाको वडा नम्बर ६ महादेवबेशी स्थित जनजागृती माध्यमिक विद्यालयको प्राङ्गणमा भएको फाईनल राउण्डमा अन्य तिन प्रतिष्पर्धीलाई पछि पार्दै सुबेदीले उपाधी जितेकी हुन् । जित सँगै उनले १० हजार नगद रुपैँया, ट्रफी, प्रमाणपत्र, टि.भी. र अन्य पुरस्कार पाएकी छिन् ।

यस्तै प्रतियोगिताको फस्ट रनरअप सरिता घिमीरे, सेकेण्ड रनरअप सुरेस परियार र थर्ड रनरअप निरज परियार भएका छन् ।
उनिहरुले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैँया सँगै ट्रफी, प्रमाणपत्र र अन्य पुरस्कारहरु पाएका छन् । उनिहरुलाई जिल्ला समन्वय समितीका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी जगन्नाथ नेपाल र थाक्रे गाउँपालिकाका अध्यक्ष तथा विशेष अतिथी रामकुमार आचार्यले सँयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा निर्णायकको रुपमा सँगितकार तथा गायक सागर विरही, कृष्ण भट्ट र उत्सव सुब्बा लामा रहेका थिए ।
थाक्रे कला केन्द्रको आयोजना र थाक्रे गाउँपालिकाको सहआयोजनामा सञ्चालन भएको थाक्रे लोक प्रतिभाको उपाधीका ७० प्रतिशत प्रतिष्पर्र्धीले प्रस्तुत गरेको कला र ३० प्रतिशत भोटको आधारमा विजेता घोषणा गरिएको आयोजक सँस्था तथा कार्यक्रमका अध्यक्ष कुमार विश्वकर्माले बताए । कार्यक्रममा सहयोगी व्यक्ती तथा सँस्थाहरुलाई मायाको चिनो तथा कदर पत्र वितरण गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथी जगन्नाथ नेपालले कलाकारमा पनि धेरै विधा हुने र यस्तो किसीमको कार्यक्रमले गाउँघरमा लुकेर बसेका कलाको प्रष्फुटन हुने भएकाले यस्ता किसीमका कार्यक्रमको आवश्यक रहेको बताए । गाउँपालिका पनि आवद्ध भएर जिल्लामा यस्तो किसीमको पहिलो कार्यक्रम भएको र यस्तो किसीमको कार्यक्रममा आफ्नो तर्फबाट पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग रहने बताए ।
यस्तै विशेष अतिथी रामकुमार आचायले लोककला सँस्कृतीको जगेर्ना गर्न गाउँपालिकाले यस्ता किसिमका कार्यक्रममा समन्वय गर्दै अघि बढ्ने बताए । उनले आगामी दिनमा गाउँपालिकाको तर्फबाट थाक्रे लोक कला केन्द्रलाई वाद्यबादन उपलब्ध गराउने उद्घोष पनि गरेका छन् ।

यस्तै कार्यक्रमका विशेष अतिथी तथा समाजसेवी एँव सामाजिक नेता नेत्रराज पौडेलले कार्यक्रम सफल रुपमा सम्पन्न भएकोमा आयोजकलाई धन्यवाद दिँदै यस्ता किसीमका कार्यक्रमले सहभागीको कला उजागर भएको र आगामी दिनमा पनि यसको निरन्तरताको लागि शुभकामना दिए ।

यस्तै कार्यक्रमका अतिथी तथा जिल्ला समन्वय समितीका सदस्य उर्मिला रेग्मीले कार्यक्रम सफल रुपमा सम्पन्न भएकोमा आयोजकलाई धन्यवाद दिँदै निरन्तरताको कामना गरेकी छिन् । कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्षहरु, व्यवसायी, पत्रकार, सरोकारवालाहरु अतिथीका रुपमा रहेका थिए ।

कार्यक्रममा अन्य स्थानिय तथा राष्ट्रिय कलाकारहरुले गायन तथा नृत्य मार्फत सहभागीलाई मनोरञ्जन दिलाएका थिए ।
थाक्रे लोक प्रतिभामा नागरिकपाटी डटकम, रेडियो राजमार्ग लगायतका सँचार सँस्था मिडिया सहयोगीको रुपमा रहेका थिए ।
२०७५ बैशाख १ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनको काममा तिव्रता

नुवाकोट । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण