थाक्रे महादेबेशिमा धादिङ ओपन र्‍यापिट चेस टुर्नामेन्ट प्रतियोगीता सुरु

थाक्रे महादेबेशिमा धादिङ ओपन र्‍यापिट चेस टुर्नामेन्ट प्रतियोगीता सुरु

radio rajmarga

सन्तोष सुवेदी
धार्के, जेठ २५ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ महादेबेशिमा धादिङ ओपन र्‍यापिट चेस टुर्नामेन्ट प्रतियोगीता शुक्रबारबाट सुरु भएको छ । जिल्ला बिकास समीती धादिङ र थाक्रे गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगीतामा बिभिन्न जिल्लाका खेलप्रमीहरुले सहभागीता जनाएका छन् । धादिङ, नुवाकोट, काठमाण्डौ, ललितपुर, चितवन, मकवानपुर, रामेछाप , सिन्धुली, झापा, धनुषा, जनकपुर रौतहट लगायतका जिल्लाबाट खेलप्रमीहरुको सहभागीता रहेको जिल्ला खेलकुद बिकास समीती धादिङका अध्यक्ष बिकास कार्कीले जानकारी दिनुभयो ।
भएको प्रतियोगीतामा प्रमुख अतिथीका रुपमा थाक्रे गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पुर्णबहादुर कार्कीले खेलको सुभारम्भ गर्नुभयो । उद्घाटन कार्यक्रममा बुद्धिचाल सँघका केन्द्रिय अध्यक्ष एकलाल श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद बिभागिय प्रमुख कुल बहादुर थापा, बिश्व बुद्धिचाल सँघ अनुशाासन बिभाग सदस्य राजेश हरि जोशि लगायत उपस्थित रहनुभएको थियो ।
खेलमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई सिल्ड, मेडल र प्रमाण पत्रका साथमा क्रमश ः नगद रु १५ हजार, रु १० हजार र रु ७ हजार प्रदान गरिने जिल्ला खेलकुद बिकास समीती धादिङका अध्यक्ष बिकास कार्कीले जानकारी दिनुभयो । खेल आज समापन हुनेछ ।
जेठ २५, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments