थाक्रे गाउँपालिका वडा नम्बर ६ मा समुदाय स्तरको बालक्लव गठन

थाक्रे गाउँपालिका वडा नम्बर ६ मा समुदाय स्तरको बालक्लव गठन

62074185_427360068116173_8790934556032106496_n

सन्तोष सुवेदी
धार्के, जेठ २५ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ मा समुदाय स्तरको बालक्लव गठन गरिएको छ । एकिकृत ग्रामिण बिकास समाज सिड्स धादिङको जोखिममा रहेका बालबालिकालाई सुरक्षा परियोजना अन्तर्गत शुक्रबार वडा नम्बर ६ मा समुदायस्तरको बाल क्लव गठन गरिएको सोहि परियोजनाकी सामाजिक परिचालिका सपना प्याकुरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा थाक्रे गाउँपालिका ६ का वडा सदस्य रबि श्रेष्ठको प्रमुख आतिथ्यता र सिड्स नेपाल धादिङका कार्यकारी अध्यक्ष गोकर्ण रुपाखेतिको आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनजागृति माध्यमिक बिद्यालय, सेतिदेबि माध्यमिक ब्द्यिालयका बिद्यार्थी,अबिभावक लगायत स्थानियको सहभागीता रहेको थियो ।
अबिरल कार्कीको अध्यक्षतामा १७ सदस्यिय समुदायस्तरको बाल क्लव गठन गरिएको सिड्स नेपाल धादिङका कार्यकारी अध्यक्ष गोकर्ण रुपाखेतिले जानकारी दिनुभयो । यस परियोजना अन्तर्गत रहेर थाक्रे गाउँपालिकाका बिद्यालय तथा समुदायमा बालक्लव गठन हुँदै आएको छ ।
जेठ २५, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments