थाक्रे गाउँपालिकामा विनियोजित योजना मध्ये ९० प्रतिशत बढि योजना सम्पन्न

थाक्रे गाउँपालिकामा विनियोजित योजना मध्ये ९० प्रतिशत बढि योजना सम्पन्न

thakree

महादेववेशी (धादिङ) । थाक्रे गाउँपालिकाले गत आर्थिक वर्षमा विनियोजित योजना मध्ये ९० प्रतिशत भन्दा धेरै योजना सफलताका साथ सम्पन्न गरेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा बिहिबार बसेको बैठकले योजना सम्पन्न गर्न सहयोग गर्ने उपभोक्ता समिती, सर्वसाधारण, जनप्रतिनिधी, कर्मचारी लगायत सबैलाई धन्यवाद दिएको छ । यस्तै बैठकले थाक्रे गाउँपालिकाबाट आर्थिक वर्ष २०७४/७५मा विनियोजित योजनाको समिक्षा गोष्ठी साउन १६ गते गरिने निर्णय गरेको गाउँकार्यपालिका सदस्य कुमार बैरागीले जानकारी दिए । उनका अनुसार थाक्रे गाउँपालिकाबाट आव २०७४/७५ मा भएका कामको सार्वजनिक सुनुवाइ साउन २३ गते गर्ने निर्णय पनि सर्वसम्मतिले पारित गरिएको छ ।

२०७५ साउन ४ गते प्रकाशित

Facebook Comments