थाक्रे गाउँपालिकाद्धारा ५४ करोड ७९ लाखको बजेट विनियोजन

थाक्रे गाउँपालिकाद्धारा ५४ करोड ७९ लाखको बजेट विनियोजन

thakre ramkumar ambika

महादेववेशी । धादिङको थाक्रे गाउँपालिकाले ५४ करोड ७९ लाखको बजेट विनियोजन गरेको छ । मँगलबार आयोजित गाउँपालिकाको पाचौँ गाउँसभा मार्फत ५४ करोड ७९ लाखको बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका र ११ वटा वडा कार्यालयहरु सँचालनका लागि ६ करोड ७५ लाख चालु खर्च र ३३ करोड १३ लाख रुपैँयाको पुँजिगत खर्च तथा सर्शत तर्फ १४ करोड ९१ लाख रुपैँया गरि ५४ करोड ७९ लाख रुपैँयाको अनुमानित व्यय पेश गरिएको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताए ।

क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ १ करोड ९५ लाख ७० हजार रुपैँया, सामाजिक विकास तर्फ ७ करोड ८६ लाख ९० हजार, पुर्वाधार विकास तर्फ ११ करोड २४ लाख ७० हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ५० लाख, सँस्थागत विकास सेवा प्रवाह र सुसासन तर्फ २ करोड १ लाख ६० हजार रुपैँया विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीले बताईन् ।

सम्वृद्ध थाक्रे गाउँपालिका निर्माणको आधार, कृषी, उद्योग, पर्यटन, व्यापार र पुर्वाधार सहितको दिर्घकालिन सोच राखेको गाउँपालिकाले विभिन्न लक्ष्य र सम्वृद्ध थाक्रे र सुखी थाक्रेबासी चाहनालाई परिपुर्ति गर्न विभिन्न उदेश्य सहित बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको भनाई छ ।

उनले आर्थीक, सामाजिक क्षेत्र, पुर्वाधार क्षेत्र, वातावरण तथा विपद व्यवस्थापन, वैकल्पिक उर्जा, शिक्षा, सँस्थागत विकासm सेवा प्रवाह र सुशासन सम्बन्धी नितीहरु गाउँसभामा प्रस्तुत गरेका थिए ।

यसैगरी गाउँपालिकाको आर्थिक विद्येयक, विनियोजन विद्येयक सहित बजेट बक्तव्य गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीले प्रस्तुत गरेकी हुन् । प्रस्तुत सम्पुर्ण विद्येयक सर्वसम्मतीले पारित भएको थियो ।

२०७६ असार १० गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Related Posts

Facebook Comments