थाक्रेमा रहेको जनजागृती माध्यमिक विद्यालयको नवनिर्मीत भवन उद्घाटन

थाक्रेमा रहेको जनजागृती माध्यमिक विद्यालयको नवनिर्मीत भवन उद्घाटन

JanaJagriti-1

महादेववेशी । धादिङको थाक्रे ६ महादेववेशीमा रहेको जनजागृती माध्यमिक विद्यालयको नवनिर्मीत भवनको उद्घाटन गरिएको छ । बिहिबार आयोजित एक कार्यक्रम मार्फत सँघिय साँसद भुमि त्रिपाठीले नवनिर्मित ४ कोठे भवनको उद्घाटन गरेका हुन् । निर्माण सम्पन्न पक्की भवनको उद्घाटन कार्यक्रममा बोल्दै साँसद त्रिपाठीले प्राविधिक शिक्षा आजको आवश्यकता रहेको भन्दै जनजागृती विद्यालय यो अभियानमा लागिरहेको बताएका छन् । साँसद त्रिपाठीले जनजागृती विद्यालयलाई शैक्षिक हब बनाउनुपर्ने र यसको लागि आफ्नो तर्फबाट सँधै साथ रहने बताए ।

यस्तै विद्यालय निर्माणका लागि जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ धादिङको तर्फबाट ३६ लाख,  ई आर आर आर पि परियोजना अन्तर्गत रोटरी क्लब अफ धादिङबाट १६ लाख ५० हजार रुपैँया प्राप्त हुने गरी सम्झौता भएको विद्यालयका प्रधानाध्यापक लावण फुँयालले बताए । उनले सम्झौता भएको रकम मध्ये २४ लाख प्राप्त भएको र अन्य रकम विद्यालयले लिन बाँकि रहेको बताए । विभिन्न माध्यमबाट प्राप्त सहयोग रकम सहित विद्यालयको भवन निर्माणका लागि ५३ लाख ७५ हजार रुपैँया खर्च भएको प्रधानाध्यापक फुँयालको भनाई छ ।

यस्तै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गोकर्ण रुपाखेतीले औपचारीक शिक्षा मात्र नभएर प्राविधीक शिक्षालाई अघि बढाउन पनि विद्यालयले जोड दिईरहेको बताए । कार्यक्रममा नेकपा नेता नेत्र पौडेल, जिसस सदस्य उर्मिला रेग्मी, रोटरी क्लब धादिङका अध्यक्ष गोविन्द बुढाथोकी, प्रदेश ३ का जिफन्ट अध्यक्ष रामहरी नेपाल, जिफन्ट धादिङका सँस्थापक अध्यक्ष सुरेश आचार्य, विभिन्न वडाका वडा अध्यक्षहरु लगायतको आतित्थ्यता रहेको थियो । वि.स. २०५७ सालमा स्थापना भएको विद्यालयमा नर्सरी देखि कक्षा १२ सम्मको पढाइ हुँदै आएको छ । विद्यालयमा १२०० भन्दा बढि विद्यार्थी अध्ययनरत छन् ।

Facebook Comments