त्रिशूली नदीमा ट्याङकर खस्दा एक जनाको मृत्यु

त्रिशूली नदीमा ट्याङकर खस्दा एक जनाको मृत्यु

119
accident1

रसुवा । ट्याङकर त्रिशूलीमा खस्दा चालकको ज्यान गएको छ । रसुवाबाट पानी लिनका लागि नुवाकोट जान लागेको उतm ट्याङकर रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डेस्थित त्रिशूली नदीमा खस्दा नुवाकोट खुमलटारका २५ वर्षका नवराज श्रेष्ठको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

गल्छीदेखि बेत्रावतीसम्म सडक निर्माण भैरहेको स्थानमा पानी लिन नुवाकोटको मनकामना जाने क्रममा बा २ ख ७४१६ नम्बरको ट्याङ्कर त्रिशूलीमा खसेको प्रहरी नायब उपरिक्षक सरतकुमार थापा क्षेत्रीले बताउनुभयो ।


२०७४ माघ २८ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनको काममा तिव्रता

नुवाकोट । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण