त्रिशुली नदीमा ट्रक खस्दा चालकको मृत्यु

त्रिशुली नदीमा ट्रक खस्दा चालकको मृत्यु

chitwan-map

पुस २१ — पृथ्वी राजमार्ग अन्तर्गत चितवनको दारेचोक–३ केबलकार नजिकै ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको ज्यान गएको छ । काठमाडौंवाट नारायणगढतर्फ जाँदै गरेको ना ३ ख ३९४७ नम्बरको ट्रक त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा चालक मात्र रहेको र मृतक चालकको पहिचान नखुलेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएकोे छ ।

Facebook Comments