त्रिशुलीमा बस खस्दा ४ जनाको मृत्यु, थप जानकारी आउन बाँकी

त्रिशुलीमा बस खस्दा ४ जनाको मृत्यु, थप जानकारी आउन बाँकी

accident \

धार्के, जेठ ५ । काँकडभिता बाट काठमाडौं आँउदै गरेको बस धादिङको गजुरी गाउँपालिका ६ बन्छेटारमा बस त्रिशुली नदीमा खसेको छ । पृथ्वी राजमार्गबाट सय मिटर तल त्रिशूली नदिमा बस खसेको हो । बसमा ३० जना सवार भएको प्रहरीले आँकलन गरेको छ । बस पानीमा ढुबेकाले उद्धार कार्यमा ढिलाइ भइरहेको ईलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

थपजानकारी आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । अहिले सम्म ४ जनाको मृत्यु भएको र अन्य १२ जनाको आदमघाटमा सामान्य उपचार पछि ९ जना लाई काठमाडौँ पठाईएको प्रहरीले जानकारी दिएको छ । ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा दुर्घटना भएको हो । यस बारेमा थप जानकारी आउन बाँकी रहेको छ ।
जेठ ५, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments