तोकिएको समयभन्दा चाँडै रंगशाला तयार हुने धुर्मुसको भनाई

तोकिएको समयभन्दा चाँडै रंगशाला तयार हुने धुर्मुसको भनाई

1508329735580-27

धादिङ। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु गरेको दुई वर्षभित्र काम सकिने लक्ष्य राखेको धुर्मसले बताएका छन । रंगशाला बन्दैन कि भन्ने चिन्ता कसैले पनि नगर्न अपिल गर्दै उनले भने ‘हण्ड्रेड पर्सेन्ट बन्छ, नकारात्मक टिकाटिप्पणी गर्न आवश्यक छैन ।’ भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मात्रै नभएर खेलकुदका सबै गतिविधि गर्न मिल्ने गरी खेलकुदको हब बनाइने योजना रहेको धुर्मसले सुनाए ।garden
शुभारम्भ गर्न गएका उनीहरुलाई भरतपुरको २४ कोठीबाट नेपाली झण्डा, बाजागाजासहित निर्माणस्थलमा लगिएको थियो । स्थानीय वासिन्दाले सडकमा आ आफ्ना घर अगाडि फूलसहित कलश र घडा राखेका थिए । स्थानीयले चितवनमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न लागिएको खुसी समेत व्यक्त गरे ।

सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले रंगशाला निर्माणस्थल भरतपुर महानगरपालिका १६ मा सडक विभागको ०६८–०८३ नम्वरको डोजरमा बसेर रंगशाला निर्माणको शुभारम्भ गरे । धुर्मस आफैंले डोजरमा बसी मैदानको माटो खनेका थिए ।

परियोजनास्थलको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० निर्माणको शुभारम्भपछि धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष धुर्मसले निर्धारित समयभन्दा अगाडि नै रंगशाला निर्माणको काम सकिने दावी गरे । ‘रंगशाला निर्माणस्थलमा भोलिदेखि नै साइट कार्यालय खोलेर काम सुरु हुन्छ, उपकरणसहित इन्जिनियरहरु यहीँ बसेर ग्रेडिङलगायतका काम गर्नुहुन्छ’ उनले भने, ‘६ महिनाअघि नै डीपीआरको काम सकिन्छ ।’

विश्वमा नै नागरिकस्तरबाट बनेको पहिलो रंगशालाका रुपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला रहने दावी धुर्मसको छ । सरकारलाई नै अभिभावक मानेर रंगशाला निर्माण गर्ने भन्दै धुर्मसले भने ‘सरकारभन्दा माथि हामी होइनौं, सबै जनताको साथपछि मात्रै यो परिकल्पना पूरा हुने बताउनु भएको छ ।


२०७५माघ २० गते प्रकाशित

Facebook Comments