तेस्रो संस्करणको झिल्टुङ्ग क्रस कन्ट्री रेस च्याम्पियनसिप आज सम्पन्न

तेस्रो संस्करणको झिल्टुङ्ग क्रस कन्ट्री रेस च्याम्पियनसिप आज सम्पन्न

53720719_1666601993486387_1919004350064099328_n

डिल बहादुर लामा ,नुवाकोट । नुवाकोटमा तेस्रो संस्करणको झिल्टुङ्ग क्रस कन्ट्री रेस च्याम्पियनसिप आज सम्पन्न भएको छ ।
नुवाकोटस्थित कोल्पुटारबाट सुरु भएर कोल्पुुटार, बेलिनि, राजवडार, माझगाउँ, लामाचौर हुँदै कोल्पुरटारमा पुगेर सकिएको थियो।कार्यक्रम नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्वर ५ को कार्यालयको आयोजना रहेका थिए।कार्यक्रमको संयोजक मोहन नेपाल,प्रमुख अतिथी मेयर राजेन्द्र रमण खनाल बिशेष अतिथी कविता ढुंगाना वडा बेलकोटगढी नगरपालिका वडा नम्बर ५का वडा अध्यक्ष अनन्तराम नेपाल र वडा सदस्यहरु रहेका थिए।
‘जे गरौं गज्जबले गरौं’ भन्ने नाराका साथ सम्पन्न भएको खेलमा १३।४ किलोमिटर तर्फ महिला र पुरुषको छुट्टाछुट्टै गरि दौड प्रतियोगिता भएको थियो। प्रतियोगितामा पुरुष तर्फ किरण बोगटी प्रथम नरेन्द्र शिङ्ह राउत द्वितीय र राजन रोकाय तृतीय भएका थिए भने महिला तर्फ पुष्पा भण्डारी प्रथम सरिता बासि द्वितीय र रेखा बिष्ट तृतीय भएका थिए।प्रथम हुनेलाई २५ (२५ हजार, दोस्रो हुनेलाई १५(१५ हजार र तेस्रो हुनेलाई १०(१० हजार रुपैँया प्रदान गरिएका थिए।प्रतियोगितामा बिगतको रेकर्डलाई तोड्न सफल महिला पुरुषलाई पुरस्करको साथमा थप नगद रु।५०००र( प्रदान गरिएका थिए।बिगतको रेकर्ड तोड्न सक्न सफल पुरुष तर्फ किरण बोगटी र महिला तर्फ पुष्पा भण्डारी रहेका थिए।यस्तै छात्र तथा छात्राको ४।५ किलोमिटर खुल्ला दौड अन्तर्गत छात्र तर्फ सन्तोष नाथ योगि प्रथम द्वितीय युनिस आले मगर र तृतीय सुमन न्यौपाने भएका थिए भने छात्रा तर्फ प्रथम स्वयिक्षा बलामी मगर द्वितीय रेस्तिना सित्ती खु र तृतीय कुशलता तामाङ भएका थिए।प्रथम हुनेलाई ५(५ हजार दोस्रो हुनेलाई ३(३ हजार र तेस्रो हुनेलाई २(२ हजार रुपैँया प्रदान गरिएका थिए।वडा नम्बर ५ को कार्यालय बेलकोटगढी आयोजक रहेको प्रतियोगिताको लियो क्लब अफ नुवाकोट परोपकार, गणेस्थान एकता युवा क्लब, झिल्टुङ मगर बाजा समुह, कोल्पुटार महिला समुह, महादेव मावि कोल्पुटार, कामरुदेवी मावि दुईपिपल र ईन्द्रेश्वर आधारभुत विद्यालय लामाचौर सहआयोजक रहेका थिए।
च्याम्पियनसिपको तेस्रो संस्करणमा किरण बोगटी च्याम्पियन हुनुभएको छ। भने महिला तर्फ पुष्पा भण्डारी च्याम्पियन बन्नुभएको छ।


२०७५ चैत्र ०२ गते प्रकाशित

Facebook Comments