‘डमरूको डण्डीबियो’को ट्रेलर

‘डमरूको डण्डीबियो’को ट्रेलर

31
khagendra-lamichhane

बैशाख २१ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘डमरूको सण्डीबियो’को ट्रेलर रिलिज भएको छ । युट्युवमा सार्वजनिक ट्रेलरमा एक समय नेपालको राष्ट्रिय खेलको रुपमा रहेको डण्डीबियो खेलमा आएको त्यसपछिको लोपोन्मुख परिवेशलाइ जोडिएको छ । मोर्डन जमानामा अन्य खेलहरुको चर्चा र स्थान बढ्दै जाँदा हराउँदै डण्डीबियो खेललाई पुनर्स्थापित गर्न शहरबाट गाउँ फिरेको एक युवाको संघर्षको कथा फिल्मले बोल्छ ।

ट्रेलरमा मुख्य कलाकारहरु खगेन्द्र लामिछाने, मेनुका प्रधान, अनुप बराल, बुद्धि तामाङ, आशान्त शर्मा, अंकित खड्का, लक्ष्मी बर्देवा मुख्यतः फिचर छन् । यसअघि सार्वजनिक ‘तितेपाती’ बोलको गीत यतिबेला चर्चामा छ । फिल्मलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् ।

हरि हुमागाइँले खिचेको फिल्मका कथा लेखक खगेन्द्र लामिछाने हुन् भने विनोद गुरुङ र नोर्वे छिरिङ घलेले फिल्मको लगानीमा साझेदारी गरेका छन् । कालिप्रसाद बाँस्कोटाको संगीत रहेको फिल्ममा निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनको काममा तिव्रता

नुवाकोट । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण