ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

accident

 

कान्तिलोकपथ अन्तरगत हेटौँडा–५ माछा प्लानमा बिहीबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा–१८ हर्नामाडि ठूलोदमारका करिब ३० वर्षीय राजेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हेटौँडाबाट चौघडातर्फ जाँदै गरेको ना ३७ प १२३२ नम्बरको मोटरसाइकल र ट्याक्टर ठोक्किएको जनाइएको छ। दुर्घटनामा घाइते श्रेष्ठलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


माघ १७, २०७५ मा प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments