टिपरले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट बट्टारमा एकको मृत्यु टिपरमा आगजनी

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट बट्टारमा एकको मृत्यु टिपरमा आगजनी

accident

चैत २९ । नुवाकोटको पासाङल्हामु मार्गको बट्टारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको ज्यान गएको छ भने अर्का एक युवक घाइते भएका छन । दुर्घटनापछि आक्रोशित भीडले टिपरमा आगजनी गरेका छन् ।
पासाङल्हामु मार्ग अन्तर्गत काठमाडौँ–त्रिशूली सडक खण्डको विदुर नगरपालिका वडा नं. २ बट्टार भीमसेनमार्ग्स्थित सडकमा बिहान बा ५ ख २८९८ नम्बरको टिपरले विपरित दिशावाट आइरहेको ना ३३ प ३४६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । टिपरले किच्दा मोटरसाइकल चालक विदुर नपा–२ बट्टारका २५ वर्षीय दिवाकर खनालको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लि मगरले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकलमा सवार खनालका साथी २४ वर्षीय मुन्ना गुप्ता घाइते भएका छन् । गुप्ता मोटरसाइकल मिस्त्री हुन ्। उनीहरु मोटरसाइकल मर्मत गर्न मालाकोटतर्फ जाँदै थिए । दुर्घटनापछि टिपर चालक फरार रहेका छन ्। आक्रोशित भएका मानिसले टिपर चालकको लापरवाहीले दुर्घटना भएको जनाउँदै टिपरमा आगजनी गरिदिएका छन् ।

चैत्र २९, २०७५ प्रकाशित

Facebook Comments