झण्डै एक अर्ब खर्चेर नारायणगढ मुग्लिन सडकमा १४ पुल बन्दै

झण्डै एक अर्ब खर्चेर नारायणगढ मुग्लिन सडकमा १४ पुल बन्दै

pull-mugling

धादिङ, फागुन २४ ।  निर्माण सकिएको नारायणगढ(मुग्लिन सडकखण्डमा पर्ने १४ वटा पुलको निर्माणको प्रक्रिया अघि बढेको छ । सडक विभागको पुल महाशाखा सडकखण्डमा पर्ने १४ वटा पुललाई ‘डिजाइन एण्ड बिल्ड’को आधारमा निर्माण गर्न दिने गरी प्रकृया अघि बढाएको छ । सो सडकखण्डमा पर्ने १८ पुल मध्ये चार वटा पुल निर्माणको चरणमा छन् । सडक विभागका उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख इञ्जिनीयर दीपक भट्टराईले भने निर्माणको लागि ठेक्का आहृवान गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिए ।
सुरूमा नेपाल सरकारकै लगानीमा १४ वटा पुल निर्माण गरिने छ । पुल निर्माण सकिएपछि विश्व वैंकको प्रोगाम फर रिजल्ट (पीफरआर) कार्यक्रम अन्र्तगत पुल निर्माणको रकम लिने गरी सम्झौताको तयारी भइरहेको छ । ‘डिजाइन एण्ड बिल्ड’का आधारमा पुल निर्माण गर्दा चाँडो बन्ने विश्वास विभागको छ ।

विभागले गरेको डिजाइन अनुसार काम गर्दा ठेकदारहरुले अनेक उल्झन निकाल्ने गरेकोले ठेकेदारलाई नै डिजाइन गर्न दिने र त्यसको ‘एप्रुभ’ विभागले गर्ने महाशाखा प्रमुख दीपक भट्टराईले जानकारी दिए ।
नारायणगढ मुग्लिन सडकखण्डका १४ मध्ये तीनबाट पुल निर्माण गर्न कठिन र जटिल भूगोल छ । मुग्लिनबाट नारायणगढ तर्फ आउँदाको पहिलो खहरे पुल, दुई नम्वर किसिन्जी पुल, तीन नम्बरको तुइनखोला पुल सबैभन्दा कठिन ठाँउमा छन् । सडक विस्तार गरी ९ मिटरदेखि ११ मिटर बनाइएपनि सडकखण्डमा पर्ने पुल साना र जीर्ण छन् । पुल सानो हुँदा दुर्घटना नहोस् भनेर पुलको दुवैं तर्फ ‘रम्बल स्ट्रीप’ राखिएको छ । यसलाई यात्रु र चालकहरूले त्यति रूचाएका छैनन् । सडक बराबर चौडा पुल बनेपछि मात्र सवारी साधन आवागमनमा सहजता आउने छ । त्यसलाई मध्येनजर गरी चाडो पुल निर्माणको काम गरिने प्रमुख भट्टराईले बताए । राजधानी काठमाडौं र पोखराको लाइफ लाइन मानिने यो सडक खण्डमा दैनिक १० हजार सवारी आवतजावत गर्ने गर्दछन् ।

फाल्गुण २५, २०७५ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments