ज्योति दोजो कार्यक्रम सम्पन्न

ज्योति दोजो कार्यक्रम सम्पन्न

IMG20190301123925

सन्तोष सुवेदी
पण्डितपौवा, फाल्गुण १७ । जापान कराँते दो गोजरियो ओसिकाई सँघ नेपाल ज्योति दोजो कार्यक्रम सम्पन्न भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ९ ज्योति माध्यमिक बिद्यालयको प्राङगणमा बिकास अनुसासन गतिशिलता भन्ने मूल नाराका साथ सञ्चालित कार्यक्रममा कराँते खेलाडी बिद्यार्थीहरुलाई बेल्ट प्रदान गरिएको छ । हरियो, पहेँलो , निलो बेल्ट बिद्यार्थीहरुलाई बितरण गरिएको दोजोका प्रशिक्षक रमेश बयलकोटीले जानकारी दिनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा कराते महासँघका प्रमुख प्रशिक्षक ओमकृष्ण प्रसाई रहनुभएको थियो भने बिषेश अतिथीमा ज्योति माध्यमिक बिद्यालयका प्रधानाध्यपाक सहदेब रेग्मी, थाक्रे गाउँपालिका वडा नम्बर १० का अध्यक्ष गोकुल प्रसाद लामिछाने , बरिष्ठ प्रशिक्षक करातेका राजकुमार श्रेष्ठ लगायत रहनुभएको थियो ।

कार्यक्रममा बिद्यार्थीहरुलाई करातेका बिभिन्न बिधामा प्रशिक्षण दिईएको थियो । साथै घैँटो फुटाउने कार्यक्रम, साँस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको छ, साथै प्रमुख प्रशिक्षक रमेश बयलकोटीले पेटमा बाईक कुदाएर समेत देखाउनुभएको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथी ओमकृष्ण प्रसाईँले नेपाल खेल क्षेत्रमा निकै अगाडी रहेको बताउनुभयो । नेपालका खेलाडीहरु बिदेशी खेलकुदमा पनि सामेल भएर देशको आर्थिक रेमिटेन्स भित्राईरहेकाले खेल क्षेत्रलाई अझ ससतm बनाउन आबश्यक रहेको बताउनुभयो ।

घरमा आफ्नो बालबालिकाहरु कस्ता काममा लागेका छन् आफ्ना छोराछोरीले कस्ता खेलहरु मनपराउँछन् यस्ता कुरामा अबिभावकले बिषेश ध्यान दिनुपर्ने बताउनुभयो । मोवाईल, कम्युटर, ल्यावटपमा खेलिने खेलबाट टाढा राखेर बिद्यार्थीहरुलाई कराँते खेलमा सामेल गराउन उहाँले अनुरोध गर्नुभएको थियो । कार्यक्रममा कराँते महासँघका महासचिव ओमकृष्ण प्रसाई, कराते प्रशिक्षक रमेश बयलकोटी, अन्य कराते सँघका प्रतिनिधीहरु, बिद्यार्थी, शिक्षक, बिभिन्न वडाका वडा अध्यक्षहरु, पत्रकार लगायत स्थानियको उपस्थिती रहेको थियो ।

फाल्गुण १७, २०७५ प्रकाशित

Facebook Comments