जैसिथोकमा स्वाथ्य शिबिर सम्पन्न

जैसिथोकमा स्वाथ्य शिबिर सम्पन्न

रेडियो राजमार्गको प्राविधिक कक्षरेडियो राजमार्गको प्राविधिक कक्ष

चैत्र ४ । धादिङको धुनिबेशिनगरपालिका वडा नम्बर ८ को जैसिथोकमा स्वाथ्य शिबिर सम्पन्न भएको छ । मौलिक हकको रुपमा रहेको स्वास्थ्यलाई जनताको घर घरमा पुर्याउने उदेश्यले धुनिबेशिनगरपालिकाको आयोजनामा सञ्चालित शिबिरमा ३० बर्ष माथीका स्त्री रोगको उपचार, फिस्टुला सम्बन्धि एक दिने शिबिर सम्पन्न भएको हो ।
शिबिरमा डा. रश्मि शर्माले परिक्षण गर्नुभएको थियो । शिबिरमा ७९ जना लाभान्वित भएको धुनिबेशिनगरपालिकाका स्वास्थ्य प्रमुख शिबहरी भट्टले जानकारी दिनुभयो ।
शिबिरमा धुनिबेशि ८ का अध्यक्ष रामकृष्ण रेग्मी,कार्यपालिका सदस्य गीता खतिवडा, आमा समुह, शिक्षक, बुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो ।

चैत्र ४, २०७५ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments