जलेश्वर महादेव मन्दिरमा सर्ब शक्तिमान जलेश्वर मेला जारी

जलेश्वर महादेव मन्दिरमा सर्ब शक्तिमान जलेश्वर मेला जारी

radio rajmarga

सन्तोष सुवेदी
धादिङ, फाल्गुण ६ । धादिङ र नुवाकोटको सिमाना कोल्पुखोला हाँडीरहमा अबस्थित जलेश्वर महादेव मन्दिरमा सर्बशतिmमान जलेश्वर मेला आयोजना भईरहेको छ । फागुन ५ गतेबाट सुरु भएको मेलामा आईतबार उद्घाटन कार्यक्रम सहित बिशेष पुजा कार्यक्रम सम्पन्न भएको छ । आज झाँकी सहित दिप प्रज्वलन कार्यक्रम, भजन किर्तन, साँस्कृतिक लगायत पुजा कार्यक्रम रहको जलेश्वर सस्थाका अध्यक्ष होमनाथ पुडासैनीले जानकारी दिनुभएको छ ।

भोली मँगलबार श्री स्वस्थानी ब्रत कथा समापन हुने बिशेष दिन रहेकाले सो अबसरमा पुजा तथा अन्य कार्यक्रम रहेको सँस्था सचिव धू्रवप्रसाद पौडेलले बताउनुभएको छ । कार्यक्रम पनि भोलीने समापन हुने छ । कार्यक्रममा उपस्थित भई पुण्य आर्जन गर्न पनि सँस्थाले आग्रह गरेको छ ।

फाल्गुण ६ गते, २०७५ प्रकाशित

Facebook Comments