चलचित्र “लखपति माग्ने” को छायाँकन अन्तिम चरणमा

चलचित्र “लखपति माग्ने” को छायाँकन अन्तिम चरणमा

lajhpati magne 1

काठमाण्डौँ । कमेडी जनराको चलचित्र ‘लखपति माग्ने’ छायांकन अन्तिम चरणमा पुगेको छ । चलचित्रमा कमलमणि नेपाल, विष्णु अर्याल, सोनिका शाही, कुमार गजुरेल, निरु खड्का लगायतका कलाकारले अभिनय गरेका छन् ।
पहिलो महिला छायांकार सबनम मुखिया निर्देशित फिल्म काठमाडौं, ललितपुर, काभ्रे लगायतका स्थानमा छायांकन गरिएको छ । मुखियाले चलचित्रलाई राम्रो बनाउने कोसिस गरेको बताइन् ।  यस अघि केही म्युजिक भिडियो र सर्ट फिल्म निर्देशनको अनुभव संगालेकी उनले चलचित्र मनोरञ्जनात्मक बनेको दाबी गरिन् ।

ड्रिम वल्र्ड अफ फिल्म मेकर्सको व्यानरमा निर्माण भईरहेको चलचित्र लखपति माग्नेको छायांकार रामेश्वर हुमागाई रहेका छन् । यसमा सन्तोष श्रेष्ठ, दीपक शर्मा एवं विशाल घोषको संगीत, शान्तिप्रिय र विशाल घोषको गीत रहेको छ ।

२०७५ बैशाख ५ गते प्रकाशित

Facebook Comments