गायिका सिर्जना थापा खनालको तीजको दोश्रो कोशेली “ केल्ले मलाई सुहायो” बजारमा

गायिका सिर्जना थापा खनालको तीजको दोश्रो कोशेली “ केल्ले मलाई सुहायो” बजारमा

sunita

धादिङ । गायिका तथा पुर्व संचारकर्मी सिर्जना थापा खनालको तीजको दोश्रो कोशेली “ केल्ले मलाई सुहायो” बजारमा ल्याएकी छन् । आफ्ना सिर्जनामा मौलिकता प्रश्तुत गर्ने क्रममा अघिल्लो वर्ष उनको तीजगीत “माइतीको आँगनी” लाई सर्बत्र रुचाइएको थियो ।

“पिंढी राम्रो जाँतोले, घरको शोभा ढिंकीले केल्ले मलाई सुहायो रातो टिकीले” उनका सिर्जनामा मौलिकता भेट्न सकिन्छ । यस पटकको गीतबाट अघिल्लो वर्षभन्दा धेरै आशावादी रहेको उनि बताउँछिन् । तीजका गीतहरुमा जति आधुनिकता भित्रिएपनि मौलिकतालाई रुचाउने दर्शक श्रोता पनि रहेको उनको विश्वाश छ । “बारी राम्रो तोरीले घर उजेलो छोरीले केल्ले मलाई सुहायो फुर्के डोरीले”महिलाले गर्ने शृंगारका कुराहरु उनले गीतमा व्यक्त गरेकी छन् ।

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments