गाउँपालिकाले काठ चिरान तथा फर्निचर उद्योग स्थापना गर्ने

गाउँपालिकाले काठ चिरान तथा फर्निचर उद्योग स्थापना गर्ने

kath

हेटौंडा । गाउँपालिका र वन उपभोक्ता राष्ट्रिय महासंघको अगुवाइमा मकवानपुरको मनहरीमा पब्लिक– साझेदारीमा काठ चिरान तथा फर्निचर उद्योग स्थापना गर्न लागेको छ । सामुदायिक वनले उपभोक्ताहरूलाई आवश्यकताअनुसार काठ उपलब्ध गराउँदा पनि चिरान गर्न अत्यन्त महँगो मूल्य तिर्नुपर्ने भएकाले पालिकावासीलाई राहत पुर्‍याउने उद्देश्यले काठ चिरान तथा फर्निचर उद्योग स्थापना गर्न लागेको जनाइएको छ ।

मनहरी गाउँपालिका–९ ज्यामिरेमा सञ्चालन गर्न लागेको उक्त काठ चिरान तथा फर्निचर उद्योग पालिकाभित्र रहेका १० वटा सामुदायिक वन र पालिकाका बासिन्दाहरूको लगानीमा सञ्चालनमा ल्याउन लागेको हो ।

पब्लिक–साझेदारी काठ चिरान तथा फर्निचर उद्योग स्थापना गरिएको मुलुकमा यो दोस्रो रहेको वन उपभोक्ता महासंघ राष्ट्रिय समितिका अध्यक्ष भारती पाठकले बताइन् । करिब २५ लाखको लागतमा सञ्चालनमा ल्याउन लागेको चिरान मिलले स्थानीय उपभोक्ताहरूको काठ सस्तो मूल्यमा चिरान गरेर पालिकाका बासिन्दाले राहत पुर्‍याउने गाउँपालिकाको ठम्याइ छ ।

२०७५ फागुन ५ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments