गल्छी गाउँपालिकालाई मानवअधिकार मैत्री गाउँपालिका बनाईने

गल्छी गाउँपालिकालाई मानवअधिकार मैत्री गाउँपालिका बनाईने

radio rajmarga

गाउँपालिकामा प्रदान गरिएको सेवा प्रवाहमा सुधार गर्ने र आगामी दिनमा मानवअधिकार मैत्री गाउँपालिका बनाउन गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सीनाले प्रतिवद्धता व्यक्त गर्नुभयो । धादिङको गल्छी गाउँपालिका–८ गल्छीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ३ न. प्रदेश कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा ०७६ बैशाख २६ गते शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सेवाग्राही र सेवा प्रदायक बिचको अन्तरक्रिया कार्यक्रममा प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा सहभागिहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै आगामी १५ दिनभित्र विद्यालय समायोजना, दरबन्दी मिलान र विद्यालय मर्जर गर्न आफूले गाउँपालिका स्तरमा शिक्षा समितिलाई निर्देशन गरिएको बताउनुभयो । विद्यालयमा किशोर किशोरी शिक्षा प्रदान गर्ने, विद्यालयमाहरुमा मिन्सुरेशन प्याडहरु वितरण गर्ने, बालविवाह सम्बन्धी सचेतना जगाइ यसको बेफाइदाबारे जानकारी दिने, कृषि उत्पादनमा जोड दिने, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments