गल्छि चोकका दुई पसलमा आगलागी ५० लाख भन्दा बढीको क्षति

गल्छि चोकका दुई पसलमा आगलागी ५० लाख भन्दा बढीको क्षति

65859111_2368516703362551_297962175043993600_n

धार्के, असार १७ । धादिको गल्छि गाउँपालिका वडा नम्बर ७ गल्छि बजारमा दुई ओटा पसलमा लागलागी भएको छ । बिहान २ बजे लागेको आगोले गल्छि चोकमा रहेका मिठाई पसल र एक ओटा भाँडा पसलमा आगलागी भएको गजुरी प्रहरीले जानकारी दिएको छ । प्रमोद शाह कल्वालले सञ्चालन गर्दै आएको राहुल स्विट तन्दुरी एण्ड चार्ड हाउस र बबिता कुमारी शाहले सञ्चालन गरेको नमस्ते ईन्टरप्राईजेज भाँडा पसलमा आगलागी भएकोे हो । आगलागीबाट मिठाई पसलमा रु १० लाख बराबरको क्षति भएको र भाँडा पसलमा ४० लाख बराबरको क्षति भएको बैरेनी प्रहरीले जानकारी दिएको छ ।
आगलागी के कारण भएको हो र अन्य जानकारीका लागी प्रहरीले अनुसन्धान गरिरहेको गजुरी प्रहरीले जानकारी दिएको छ ।

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments