गल्छि गाउँपालिकाले लोगो बनाउनेलाई ३० हजार पुरस्कार दिइने

गल्छि गाउँपालिकाले लोगो बनाउनेलाई ३० हजार पुरस्कार दिइने

images

जेठ १ । धादिङको गल्छि गाउँपालिकाले गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) बनाउन लागि सार्वजनिक सूचना जारी गरेको छ । गाउँकार्यपालिकाको बैठकले खुल्ला प्रतिष्पर्धाबाट लोगो छनोट गर्ने भन्दै सार्वजनिक सूचना जारी गरेको हो । गाउँपालिकाको बिस्तृत आकृति झल्कने लोगो बनाउन खुला प्रतिष्पर्धा गरिएको सोमबार प्रकाशित सार्वजनिक सुचनामा उल्लेख गरिएको छ ।
लोगो निर्माणको लागि १५ दिनको समय दिइएको छ । उत्कृष्ट लोगो बनाउनेलाई ३० हजार रुपैयाँ दिने निर्णय गरिएको गाउँकार्यपालिकाले जनाएको छ ।
जेठ १, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments