गल्छि गाउँपालिकामा घुम्ती शिबिर सञ्चालन, घरदैलोमै पाए नागरिकले सुविधा

गल्छि गाउँपालिकामा घुम्ती शिबिर सञ्चालन, घरदैलोमै पाए नागरिकले सुविधा

नागरिकहरुलाई परिचयपत्र बितरण सहित घुम्ती शिबिरनागरिकहरुलाई परिचयपत्र बितरण सहित घुम्ती शिबिर

महेश्वर सुवेदी
कल्लेरी । धादिङको गल्छि गाउँपालिकाको बिभिन्न वडाहरुमा अपाङ्गता भएका र जेष्ठ नागरिकहरुलाई परिचयपत्र बितरण सहित घुम्ती शिबिर अभियान सुरु भएको छ ।

58380402_607496706431648_8707550686558027776_n
शिबिरको पहिलो दिन आज गल्छि गाउँपालिकाको वडा नम्बर १ को वडा कार्यालय डुम्री चौरमा वडा नम्बर १ का नागरिकहरुलाई लक्षित गरि घुम्ती शिबिर सञ्चालन भएको छ । शिबिरमा आज अपाङ्गता परिचय पत्र २० जनालाई बितरण गरिएको छ भने जेष्ठ नागरिक परिचयपत्र ५१ जनालाई बितरण गरिएको छ । त्यसैगरी बिशिरमा १ सय ८१ जना कृसानहरुलाई ३ सय १५ केजि मकैको बिउ, २ सय १ जना किसानलाई तरकारीको बिउबिजन समेत बितरण गरिएको छ ।

58551770_430942724322157_7803718468867457024_n

आजै सम्पन्न उतm घुम्ती शिबिरमा ७ सय ७५ गाई, भैसि, ११ सय ६५ बख्रा , ११ सय ५० कुखुरालाई औषधि बितरण गरिएको र ७ वटा बोकालाई बन्ध्याकरण गरिएको गल्छि गाउँपालिकाले जनाएको छ ।

58580516_313867319293151_8982655058537611264_n
आजबाट सुरु भएको घुम्ती शिबिर पालिकाभित्रका बिभिन्न वडाहरुमा १७ गते सम्म सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दानबहादुर ऐडिले बताउनु भयो । नागरिकहरुले घरदैलामै सेवासुबिधा पाउँ यो अभियान सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिका उपा अध्यक्ष राधा तिमल्सिना, प्रमुख प्रशासकिय अधिकृत दानबहादुर ऐडि, वडा नम्बर १ अध्यक्ष पूर्णप्रसाद खतिवडा,वडा सदस्यहरु, बिषयगत शााखाका प्रमुख तथा कर्मचारीहरु, सँघसँस्थाका प्रतिनिधी तथा स्थानियहरुको सहभागीता रहेको थियो ।


२०७६ वैशाख १२ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments