गल्छि गाउँपालिकाको बिभिन्न वडाहरुमा घुम्ती शिबिर सञ्चालन

गल्छि गाउँपालिकाको बिभिन्न वडाहरुमा घुम्ती शिबिर सञ्चालन

60253976_361464824717054_3955721886716919808_n

बैशाख २७ । धादिङको गल्छि गाउँपालिकाको बिभिन्न वडाहरुमा घुम्ती शिबिर सञ्चालन भईरहेको छ । गल्छि गाउँपालिका अपाङ्गता भएका र जेष्ठ नागरिकलाई परिचय पत्र बितरण सहित पशु स्वास्थ्य शिबिर सञ्चालन भईरहेको छ ।
शुक्रबार गल्छि गाउँपालिका वडा नम्बर ६ वडा कार्यालय बैरेनीमा उतm शिबिर सम्पन्न भएको छ । शिबिरमा अपाङ्गता भएका २४ जनालाई परिचय पत्र बितरण गरिएको छ भने ८२ जना जेष्ठ नागरिक परिचयपत्र बितरण गरिएको गल्छि गाउँपालिकाका प्रसासकिय प्रमुख दानबहादुर ऐडीले जानकारी दिनुभयो । हिजोबाट बाट सुरु भएको यो शिबिर बैशाख ३१ गते सम्म सञ्चालन हुनेछ ।
बैशाख २७, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments