कोलम्बियामा विमान दुर्घटना, १४ जनाको मृत्यु

कोलम्बियामा विमान दुर्घटना, १४ जनाको मृत्यु

Fourteen-killed-in-Colombia-plane-crash

काठमाडौं, फाल्गुण २६ । कोलम्बियामा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । कोलम्बियाको समथर राज्य मेतामा स्थानीय समय अनुसार शनिबार बिहान भएको विमान दुर्घटनामा १४ जनाको ज्यान गएको त्यहाँको उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । विमानमा रहेका सबैको ज्यान गएको हो ।

लासेर एइरेओ एयरलाइन्सको विमान दक्षिणी शहर सन जोसे डेल गुएभिएरेबाट भिल्लाभिसेन्सिओका लागि उडेको थियो । ज्यान गुमाउनेमा भाएपेसको सानो शहरका मेयरसहित रहेका छन् ।

फाल्गुण २६, २०७५ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments