केरुङ जाने कन्टेनरमा ‘डायल नम्बर’ लागू

केरुङ जाने कन्टेनरमा ‘डायल नम्बर’ लागू

cms-image-000033335

जेठ २२ । नेपाल र चिनबीचको व्यापारिक नाका रसुवागढीबाट केरुङ जाने कन्टेनरमा ‘डायल नम्बर’ लागू गरिएको छ । नाका अस्तव्यस्त हुन थालेपछि केरुङ जाने कन्टेनर व्यवस्थापनका लागि ‘डायल नम्बर’ सुरु गरिएको हो । नेपाल चेम्बर अफ कमर्स रसुवाका अध्यक्ष सञ्जीव अमात्यले डायल नम्बर वितरणपछि नाकाबाट आवतजावत हुने कन्टेनर व्यवस्थित भएको बताए ।
रसुवागढी नाकाभन्दा २ किलोमिटर वर टिमुरेबाट कन्टेनरलाई रोलक्रम डायल नम्बर वितरण गरिरहेको उनको भनाइ छ । डायल नम्बर वितरण सुरु भएसँगै रसुवागढी–केरुङ नाका व्यवस्थापन समितिले केरुङ सामान लिन जान लागेका ५० वटा खाली कन्टेनर घट्टेखोलाको पुलदेखि रसुवागढीसम्म राख्न पाइने नियम बनाएको छ । बाँकी २ सय ट्रक कन्टेनर टिमुरेमा पार्किङ गर्नुपर्नेछ । रोलक्रम आएपछि पार्किङबाट केरुङतर्फ जान दिने समितिले जनाएको छ । सामानवाला व्यवसायीले आवश्यक गाडीको तथ्यांक राख्ने, डायलअनुसारको गाडी केरुङ पठाउने र तीन दिनभित्र लोड गरेर ल्याउनुपर्ने भएको छ ।
जेठ २२, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments