‘केरुङ–काठमाडौँ रेलमार्ग निर्माणमा हतार नगर्न विज्ञहरुको सुझाव’

‘केरुङ–काठमाडौँ रेलमार्ग निर्माणमा हतार नगर्न विज्ञहरुको सुझाव’

nepal-china_rail_brBPTjoqHs

बैशाख २९ ।  केरुङ काठमाडौँ रेल मार्ग निर्माणमा हतार नगर्न विज्ञहरुले सुझाव दिएका छन् । विवेकशील साझा पार्टीले शनिबार गरेको केरुङ काठमाण्डौ रेल बहस कार्यक्रममा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष एवं अर्थवीद् शंकर शर्माले रेलमार्ग निर्माणका लागि आवश्यक पर्ने लगानी तथा निर्माणको मोडल स्पष्ट नभईकन त्यस विषयमा हतार नगर्न सुझाव दिएका हुन् ।

रेलमार्ग निर्माणको सम्बन्धमा चीन सरकार पनि स्पष्ट नभएको आफुले पाएको भन्दै उनले पहिलो प्राथमिकता सडक सञ्जालको विस्तारलाई दिन सुझाव दिए । अर्थ्विद् शर्माले अर्थशास्त्रीय सिद्धान्तले एउटै देशसंगको निर्भरतालाई जोखिमयुक्त मान्ने गरेकाले विकल्प खोज्नु आवश्यक भएपनि केरुङ काठमाडौँ रेल मार्ग निर्माण पुर्व थुप्रै विषयमा स्पष्ट हुनु जरुरी रहेको बताए ।

बैशाख २९, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments