कुलेन्द्र बिश्वकर्मा र गायिका सरिता कार्कीको आवाजमा ‘लाउँछ माया’ लोकदोहोरी बजारमा

कुलेन्द्र बिश्वकर्मा र गायिका सरिता कार्कीको आवाजमा ‘लाउँछ माया’ लोकदोहोरी बजारमा

ss3

काठमाडौं, चैत १४ । लोक तथा दोहोरी गायिका सरिता कार्की र कुलेन्द्र बिश्वकर्माको आवाजमा ‘लाउँछ माया’ बोलको लोकदोहोरी गीत भर्खरै मात्र बजारमा आएको छ ।

चर्चित लोकसर्जक शिव हमाल शब्द, संगीत रहेको उक्त गीत भर्खरै मात्र युट्युवमा सार्वजनिक गरिएको छ ।‘पुर्व, पश्चिम, उत्तर दक्षिण, कहि गएनी बिर्सनै सकिन लाउछ माया नलाउने हैननी, माया तिम्ले वास्तै गर्दिनौ क्यारे मैले मात्रै सम्झेर भैननी’ यस्ता शब्द रहेको गीत गायिका स्वयं कार्कीको अफिसियल युट्युवबाट सार्वजनिक गरिएको छ । यस्तै गीतमा नायिका सुरक्षा पन्त र महेन्द्र गौतमको अभिनय तथा नृत्य देख्न सकिन्छ

प्रकाश भट्ट्ले निर्देशन गरेको गीतमा नायिका सुरक्षा पन्त र मोडल महेन्द्र गौतमको अभिनय देख्न सकिन्छ । सुरक्षा पहिलो पटक लोकदोहोरी गीतको म्युजिक भिडियोमा देखिएकी हुन् ।

महेन्द्र सेन्टीमेन्टल गीतमा एक क्षत्र राज गर्न सफल मोडल हुन् । पछिल्लो समय उनी नाँचेको पनि देख्न थालिएको छ । यो गीतमा महेन्द्रको नयाँ स्वरुप देखिएको छ ।

चैत्र १४, २०७५ प्रकाशित 

Facebook Comments