कुलमानको अनुमानभन्दा विद्युत प्राधिकरणको नाफा दोब्बर बढी

कुलमानको अनुमानभन्दा विद्युत प्राधिकरणको नाफा दोब्बर बढी

Kulman-Ghising

चैत ३० । विद्युत प्राधिकरणको आधिकारिक कर्मचारी युनियन अहिले प्राधिकरण नाफामा नरहेको दावी गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध आन्दोलनमा छ । तर, नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४र७५मा खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको महालेखापरीक्षक कार्यालयले गरेको लेखापरीक्षणमा देखिएको छ ।

महालेखाले शुक्रबार सार्वजनिक गरेको छपन्नौँ वार्षिक प्रतिवेदनअनुसार प्राधिकरणको जगेडा तथा संचित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक छ । आर्थिक वर्ष २०७२र७३मा जगेडा तथा संचित कोष २६ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक थियो ।
गत वर्षको तुलनामा बिक्रीमा खुद नाफा र चालु सम्पत्तिमा दायित्व अनुपात बढेको तथा ऋणको अनुपात, कुल खर्चमा कर्मचारी खर्च अनुपात र वितरण नोक्सान घटेको छ । विगतको तुलनामा प्राधिकरणको वित्तीय अवस्था सुधारोन्मुख देखिएको महालेखाले उल्लेख गरेको छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौमा आर्थिक वर्ष २०७४र७५मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपणसहितको वाषिर्क प्रतिवेदन सार्वजनिक गरेका थिए । महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ देखिएको हो ।
चैत्र ३०, २०७५ प्रकाशित

Facebook Comments