कार र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु ।

कार र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु ।

accident

काठमाण्डौ ।
काठमाण्डौको टोखामा आज कार र मोटरसाइकल ठोक्किँदा स्याङ्जा चापाकोट नगरपालिका १० का सफल माझीको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।बा ८ च ८७६२ नम्बरको कार र बा ६६ प ५४२५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडी बसेका १८ वर्षका सफल माझीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बसुन्धारा बस्ने प्रकाश बस्यालको धापासीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।


माघ ७, २०७५ प्रकाशित 

Facebook Comments