काम खोज्दै विदेश जाने नेपाली ३९ प्रतिशतले घटे, रेमिट्यान्स बढेर ५ खर्ब १५ अर्ब, व्यापार घाटा झण्डै ९ खर्ब

काम खोज्दै विदेश जाने नेपाली ३९ प्रतिशतले घटे, रेमिट्यान्स बढेर ५ खर्ब १५ अर्ब, व्यापार घाटा झण्डै ९ खर्ब

Nepal Rastra BankNepal Rastra Bank

चैत्र २ । आर्थिक वर्ष २०७५,७६ को सात महिनामा नेपाल भित्रने रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको सात महिनाको समीक्षा प्रतिवेदमा चालु आर्थिक वर्षको पहिलो सात महिनामा विदेशबाट ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सात महिनाको तुलनामा २८ दशमलब ५ प्रतिशतले धेरै भएको नेपाल राष्ट्र बैैंकले जनाएको छ ।
यस्तै अमेरिकी डलरमा रेमिट्यान्सको आय १६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो । सात महिनामा खुद ट्रान्सफर आय २७.३ प्रतिशतले वृद्धि भएर ५ खर्ब ८६ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्षको सात महिनामा यस्तो आय ३ प्रतिशतले घटेको थियो ।
राष्ट्र बैंकले निकालेको तथ्याङ्कमा विदेश जाने नेपालीको संख्या पनि ओरालो लागेको देखिएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या सात महिनामा ३९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सात महिनामा यस्तो संख्या ४.९प्रतिशतले घटेको थियो ।

चैत्र २, २०७५ प्रकाशित

Facebook Comments