कामरुदेवी माध्यामिक विद्यालयको ५५औं बार्षिक उत्सव सम्पन्न

कामरुदेवी माध्यामिक विद्यालयको ५५औं बार्षिक उत्सव सम्पन्न

53022856_2044306112528887_7594519433742123008_n

सन्तोष सुवेदी
नुवाकोट, फाल्गुण ६ । नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर ५ दुईपिपलको डबलीमा रहेको कामरुदेवी माध्यामिक विद्यालयको ५५ औं बार्षिकत्सव समारोह आज सम्पन्न भएको छ । नुवाकोटका प्रदेससभा सदस्य केशवराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बिबिध मनोरञ्जनात्मक कार्यक्रमहरु गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य पाण्डेले बिद्यालयको कक्षाकोठा कमी भएकाले आगामी बजेटमा रकम यसलाई बिशेष प्राथमिकता दिने र चार कोठे भवन निर्माण गरिदिने बताउनुभयो । पढ्न पाउनुपर्ने सबै बालबालिकाको नैसर्गिक अधिकार भएकाले कोहि पनि बालबालिका शिक्षाको पहुँचबाट टाढा हुन नहुने समेत बताउनुभएको छ ।

52258622_844745495857762_7553185175291559936_n

कार्यक्रममा पुरस्कार बितरण तथा सम्मान कार्यक्रम पनि सञ्चालन गरिएको छ । बिद्यालयमा भएका खेलकुदका कार्याक्रम, कक्षामा प्रथम, द्धितिय र तृतिय हुने बिद्यार्थीहरु पुरस्कार बितरण गरिएको हो । यसैगरी पुर्व ब्यबस्थापन समीतीका अध्यक्षहरु भवानी दाहाल, बिष्ण्ुा भण्डारी र बच्चुराम लामिछानेलाई सम्मान गरिएको छ भने बिद्यालयलाई शैक्षिक सामाग्री प्रदान गर्ने सँस्था दिगो बिकासका लागी सिकाई र अनुभव आदान प्रदान केन्द्र पनि सम्मानित भएको बिद्यालयका प्रधानाध्यापक बिष्णुलाल श्रेष्ठले जानकारी दिनुभयो ।

साविक दुईपिपल गाविस र हाल बेलकोटगढी नगरपालिका वडा नं. ४, ५ र ६ भित्र रहेका विद्यालय मध्ये सबैभन्दा पुरानो एवम् उत्कृष्ट विद्यालयको रुपमा रहेको कामरुदेवी माविमा हाल कक्षा १२ सम्म अध्ययन हुदै आएको छ । दक्ष एवम लगनशील शिक्षकहरुबाट पठनपाठन हुदै आएको यस विद्यालयबाट उत्पादन भएका विद्यार्थीहरु ईञ्जिनियर, बैंकिङ, शिक्षक लगायतको क्षेत्रमा क्रिायशिल रहेका छन् । बार्षिक उत्सव कार्यक्रममा प्रदेससभा सदस्य केशवराज पाण्डे, वडा अध्यक्षहरु ,अभिभावक, समाजसेवी, स्थानीय जनप्रतिनिधिहरु, बुद्धिजिवी, शिक्षाप्रेमी, पूर्व विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

फाल्गुण ६ गते, २०७५ प्रकाशित

Facebook Comments