काफलचौरमा जनजाती भवन निर्माणका लागि घडेरी र पर्खाल लगाउने काम सम्पन्न

काफलचौरमा जनजाती भवन निर्माणका लागि घडेरी र पर्खाल लगाउने काम सम्पन्न

vaban news

डिल बहादुर लामा
बेलकोटगढि । नुवाकोटको बेलकोटगढी -२ काफलचौरमा जनजाती भवन निर्माणका लागि घडेरी र पर्खाल लगाउने काम सम्पन्न भएको छ।आर्थिक वर्ष २०७४/७५ मा वडा कार्यलयबाट विनियोजित गरिएको रु.१,७०,०००(एक लाख सत्तरी हजार रुपैयाँबाट कार्य सम्पन्न गरिएको जनजाती भवन निर्माण समितिका अध्यक्ष रवि मोक्तानले जानकारी दिएका छन् । घडेरीको २५ मिटर लम्बाई १२ मिटर चौडाई रहेको छ। पर्खाल १४ मिटर लम्बाई २ मिटर उचाई सेक्सन १ मिटर र टप ५० सेन्टिमिटर रहेको छ।

वडा कार्यलयबाट विनियोजन गरिएको उक्त बजेटबाट जनजाती भवन निर्माणका लागि घडेरी र पर्खाल लगाउने काम गरिएको हो। जनजाती भवन पुर्ण रूपमा निर्माण भएपछि स्थानीयहरुले सकारात्मक सामाजिक परिवर्तनका विविध कार्यक्रमहरु भवनमा नै सन्चालन गर्न सहज हुनेछ। स्थानीय तहको सम्रचना भएसङ्गै विभिन्न जिल्लाहरुका स्थानीय क्षेत्रहरुमा विकासका कामले तिब्रता लिएको देख्न पाउँदा आफुलाई खुशी लागेको अध्यक्ष मोक्तानले बताए ।

स्थानीय तहहरुमा विकासका कामले तिब्रता लिएको भन्दै खुशी हुँदै अध्यक्ष मोक्तानले आगामी दिनहरूमा विकासका कामले यसरी नै तिब्रता लिने हो भने स्थानिय तहहरुका सबै ठाउँका नौलो वातावरण सिर्जना भएको देख्न कुनै शताब्दी पर्खनु नपर्ने समेत दाबी गरेका छन् ।

२०७५ जेष्ठ २३ गते प्रकाशित

Facebook Comments