कलंकी–कोटेश्वर सडकको त्रुटि पहिल्याउन विज्ञलाई जिम्मा

कलंकी–कोटेश्वर सडकको त्रुटि पहिल्याउन विज्ञलाई जिम्मा

kalanki koteswor

काठमाडौं,फाल्गुण ४ । सडक विभागले कलंकी–सातदोबाटो–कोटेश्वर सडकखण्ड निर्माणका क्रममा कमजोरी केलाउन विज्ञ समूहलाई अध्ययनको जिम्मा दिने भएको छ । चीन सरकारको सहयोगमा ८ लेनको बनाइएको यो सडक हालै मात्र नेपाल सरकारलाई हस्तान्तरण भएको थियो । त्यसलगतै प्रारम्भिक अध्ययन गरेको सडक पैदलयात्रु र चालकमैत्री नदेखिएपछि विज्ञ समूह नै खटाएर अध्ययन गर्ने निश्कर्षमा सडक विभाग पुगेको छ ।

विभागका सडक तथा ट्राफिक इकाई प्रमुख दीप बाराहीले आगामी आइतबार सम्झौता गरी विज्ञ समूहलाई अध्ययनको जिम्मा दिइने जानकारी दिए । उक्त समूहले एक महिनाभित्र अध्ययन सकेर त्रुटि किटान गरी विभागलाई प्रतिवेदन दिनेछ ।

फागुन ४ गते ,२०७५ प्रकाशित

Facebook Comments