कम्पनीमा दर्ता नहुने यातायात व्यवसायीको रुट परमिट खारेज हुने

कम्पनीमा दर्ता नहुने यातायात व्यवसायीको रुट परमिट खारेज हुने

syndicate-transpotatiion_z3cJGRmVXD

काठमाण्डौ, जेठ २३ । सरकारले सबै यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन तीनपटक समय थपे पनि केहीले अझै अटेर गरेका छन् । अहिलेसम्म १ हजार ६७४ व्यवसायी मात्र कम्पनीमा दर्ता भएका छन् । यातायात व्यवसायीका विभिन्न संघ र संस्था मिलेर बनेका समितिको संख्या झण्डै ३ सय रहेकोमा १५० समिति मात्र कम्पनीमा गएका छन् ।

सार्वजनिक यातायात समितिलाई कम्पनीमा आउन अन्तिम पटक थपिएको म्याद आइतबार सकिएको छ । कम्पनीमा दर्ता हुन अटेर गर्ने गाडीको रुट परमिट खारेज हुने सरकारले बताएको छ । अबको एक हप्ताभित्र यसबारे निर्णय गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उज्यालोलाई जानकारी दिनुभयो ।
जेठ २३, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments