कतार जेलमा रहेका बिनोदले ब्लड मनि ८२ लाख रुपैयाँ तिर्नुपर्ने हुँदा सबै नेपालीमा सहयोगको अपिल

कतार जेलमा रहेका बिनोदले ब्लड मनि ८२ लाख रुपैयाँ तिर्नुपर्ने हुँदा सबै नेपालीमा सहयोगको अपिल

0401EAC1-6322-4364-899C-F25476D090FA

जेठ २ । करिब तीन बर्ष अघि रोजगारको सिलसिलामा कतार पुगेका युवा बिनोद रानाभाट कतारी जेलमा थुनिएका छन्  । उनि तीन बर्ष अघि क्लिनर कामका लागि कतार पुगेका थिए ्रमाडी नगरपालिका वडा नं ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिएका छन् ।

आर्थिक अवस्था निकै कम्जोर भएका कारण उनको जीवन रक्षाका लागि देश बिदेशमा रहनुभएका सबै नेपाली माझ सहयोगको अपिल गर्दै घर परिवारले सबैमा बिनम्र अनुरोध गरेका छन् ्रउनलाई सहयोग गर्ने इच्छुक मनकारी नेपालीले कृषि विकास बैंक लि। माडीमा रहेको विनोद रानाभाट रिहाई तथा उद्धार समितीको खाता नं ०५०८८०१३३७०९४०१३ मा रकम जम्मा गरि सहयोग गर्न सक्नुहुन्छ भन्दै बिनोद रानाभाटका बुवा ढाकामोहन रानाभाटले जानकारी दिए ।

सहयोग गर्न ईच्छुक जो कोहि नेपालीले नेपाल भरिको कृषि विकास बैंक लि।बाट रकम जम्मा गरि कतारी जेलमा थुनिएका विनोद रानाभाटको नयाँ जीवन फिर्ताको लागि सहयोग गर्न सक्नुहुन्छ ्र त्यसैगरि सहयोगका लागी मोबाईल नं। ९८४५२०१४४२, ९८४५३४५१३४ तथा ९८४५३६८९७० मा पनि सम्पर्क गर्न सकिने समितीले जनाएको छ ।

रानाभाटलाई भारतीय एक कामदारले आक्रमण गरेको थियो जसमा आफ्नो जीवन रक्षाका लागि रानाभाटले प्रतिकार गरेका थिए त्यसक्रममा भारतकै अर्का कामदारको मृत्यु भएको थियो कतारस्थित अल ग्रुप क्लीनिङ कम्पनीमा जनरल क्लिन वर्कर पदमा काम गरिरहनुभएका उन लाई घटना लगत्तै कतार पुलिसले पक्राउ गरी ओक्रा जेलमा राखी मुद्धा चलाएको थियो ।

मुद्धाको फैसला अनुसार रानाभाटले ५ महिना भित्र भारतीय कामदारको परिवारलाई ब्लड मनीका रुपमा २ लाख ६० हजार कतारी रियल अर्थात नेपाली करीब ८२ लाख रुपैयाँ बुझाउनुपर्ने पारिवारिक श्रोतले जनाएको छ ।
जेठ २, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments