ओलम्पिक छनोटको दोस्रो चरणमा नेपाल म्यानमारसँग खेल्दै

ओलम्पिक छनोटको दोस्रो चरणमा नेपाल म्यानमारसँग खेल्दै

53762036_276885459896473_6585255780503519232_n2019-04-03

काठमाडौं,चैत्र २० । ओलम्पिक छनोटको दोस्रो चरणमा नेपाली राष्ट्रिय महिला फुटबल टोली आज घरेलु टोली म्यानमारसँग खेल्दैछ । फिफा वरियतामा आफूभन्दा ५९ स्थान माथि रहेको नेपाल समूहको पहिलो खेलमा बलियो प्रतिद्धन्द्वी म्यानमारसँग खेल्न लागेको हो । म्यानमारमै सम्पन्न पहिलो चरणमा बराबरी खेलेको नेपाल जितको लक्ष्यसहित मैदान उत्रिनेछ । म्यानमारस्थित मन्डलार थिरी रंगशालामा खेल नेपाली समयअनुसार बेलुका ५ः१५ बजे खेल सुरू हुनेछ । कात्तिकमा म्यानमारमै सम्पन्न भएको पहिलो चरणमा नेपालले म्यानमारविरुद्ध १–१ को बराबरी खेलेको थियो ।
हालै घरेलु मैदानमा साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतसँग पराजय भोगेको नेपाल पीडा भुलाउने प्रयासमा छ । नेपाल फिफा वरियतामा १ सय ३ औं स्थानमा छ भने म्यानमार ४४ औं स्थानमा छ । पछिल्लो समय नेपाल र म्यानमारबीच भारतमा सम्पन्न हिरो वुमन्स गोल्डकपमा प्रतिस्पर्धा भएको थियो । लिग चरणमा ३–० ले पराजित नेपालले फाइनलमा ३–१ को हार व्यहोरेको थियो । समग्रमा नेपाल र म्यानमारबीच पछिल्लो ६ महिनामा चौंथो पटक प्रतिस्पर्धा हुन लागेको हो ।
चैत्र २०, २०७५ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments