ऐतिहासिक झन्डा चूलीमा झन्डोत्तोलन कार्यक्रम

ऐतिहासिक झन्डा चूलीमा झन्डोत्तोलन कार्यक्रम

57024079_10215589899632993_5063203419016134656_n

शिवराज आचार्य
भूमि चूलि धादिङ । पर्यटनको प्रचुर सम्भाबना बोकेको धादिङ, मकवानपुरका विभिन्न स्थानिय तहको संगम स्थल ऐतिहासिक झन्डा चूलीमा झन्डोत्तोलन कार्यक्रम सम्पनन गरीएको छ । धादिङको थाक्रे गाउँपालिका , गल्छीपालिका ,गजुरी गाउँपालिका मकवानपूरको थाहा नगरपालिका र नजिकै कैलास गाउपालिकाको संगम स्थल झन्डा चुलीमा नेपालको झन्डा फरफराएको छ ।वि.स २०३२ सालमा मकवानपूर र धादिङको सिमान छुटउने बेलामा गाडिएको झन्डा भएको ठाउँमा नौ पुन नेपालको चन्द्र सूर्य अंकित झन्डा त्तोलन गरीएको छ ।

57251282_10215589894992877_8551365987545382912_n
उक्त ठाउँका नगरीक बास्तब्मै पर्यटनकोे विकास प्रतिको सम्भावना प्रति चासो दिने स्थानिय निकेश तामाङले बताउनु भयो । आगामी दिनमा पनि यो झन्डा चूलिमा बैशाख १ गते झन्डोत्तोलन कार्यक्रम गर्ने तामाङले बताउनु भयो ।
कार्यक्रमका अतिथि प्रदेश ३ योजना आयोगका माननीय श्याम बस्नेतले प्रदेश मातहत बाट पनि यस क्षेत्रका लागी बजेटको व्यवस्ता गर्ने बताउनु भएको छ ।
कार्यक्रमका विशेष अतिथि संघिय सांसद भूमि त्रिपाठीले यस क्षेत्रलाई गाजाँ टेकिङ रुटको नाम राखि पर्यटनको विकाशमा लाग्ने तयारी भईरहेको बताउनु भयो । यस क्षेत्रमा जे उत्पादन हुन्छ त्यस लाई प्रोमोट गरी पर्यटन विकास गर्ने बताउनु भयो ।
कार्यत्ररका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा.पुष्प कडेलले आफूले यस महाभारत लेक क्षेत्रको विकाश र पर्यटन प्रर्बद्धनमा सहयोग गर्ने प्रतिबद्धता जायर गर्ने भएको छ ।
भूमि चूलि क्षेत्रको पर्यटन प्रबद्र्धन नागरिक अभियानमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा. पुष्प कडेल, माननीय साम्सद भुमी त्रिपाठी, प्रदेश ३ योजना आयोगका माननीय श्याम बस्नेत, जि स स का अध्यक्ष जगन्नाथ नेपाल, नेकपा प्रस्ताबित अध्यक्ष नेत्रराज पौडेल, टान का प्रथम उपाध्यक्ष ,गल्छी गाउँपालिका उपाध्यक्ष राधा तिम्लसिना समाजसेबी गोकर्ण रुपाखेती, नरेस खतिवडा, गल्छीका वडा अध्यक्षहरु थाक्रे वडा न ६ कावडा अध्यक्ष पुर्ण बाहादुर कार्की सहित विभिन्न नेता, समाजसेबी पत्रकार, तथा स्थानिय समुदायको उपस्थिती रहेको थियो ।
२०७६ बैशाख ०२ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments