एकनारायण भण्डारीको नयाँ गीत ‘छिपछिपे पानीमा लेउ’ ले चर्चा बटुल्दै (भिडियो)

एकनारायण भण्डारीको नयाँ गीत ‘छिपछिपे पानीमा लेउ’ ले चर्चा बटुल्दै (भिडियो)

chhipchhipe-pani-ma-leu_20190511173613

बैशाख २९ । गीतकार तथा संगीतकार एकनारायण भण्डारीको नयाँ गीत छिपछिपे पानीमा लेउ ले सार्वजनिक भएको केही दिनमै चर्चा बटुलेको छ। युट्युबमा सार्वजनिक भएको तीन दिनमै गीतले पाँच लाख भन्दा बढी दर्शक कमाएको छ। विष्णु माझी र पीताम्बर जिसीको स्वरमा रहेको यो दोहोरी गीतको भिडियोमा चर्चित अभिनेता दिलिप रायमाझी र अभिनेत्री सुरक्षा पन्तले अभिनय गरेका छन्।
भण्डारीको शब्द र संगीतमा रहेको गीत भन्छ
पिरतीमा पढ्दैछु नर्सरी
माया लेख्दा हात काम्छ थर्थरी
छिपछिपे पानीमा लेउ
माया के हो पाइनँ भेउ, कहाँ टुप्पो कहाँ छेउ
सिपालु मायाले सप्पै सिकाइदेउ।
गीतकार भण्डारीको युट्युब च्यानलमा सार्वजनिक गीतको भिडियोमा १५ सय भन्दा बढी दर्शकले गीतबारे प्रतिक्रिया व्यक्त गरेका छन्। नेपाली लोक तथा दोहोरी गीतसँगै आधुनिक तथा फिल्मका गीतमा पनि बेजोड कलम चलाउने भण्डारीका यसअघिका गीत पनि दर्शकस्रोताले निकै रुचाएका थिए। पछिल्लोपटक विमलराज क्षेत्री र अञ्जु पन्तको स्वरमा सार्वजनिक भण्डारीको लोक(पप शैलीको गीत ुबुट्टे रुमालु ले पनि राम्रो रेस्पोन्स पाएको थियो।

‘डाँफे नाचेर, फुल कहाँ फुल्छ र हाँगै भाँचेर’ ‘मुल हौ भने रसाइदेउ’ मेरो मनैको फूल टिपी बन्धकीु फिल्म’ तिर्खा लाग्यो पानि खाएँ मैले के बिराएँ, लालुपाते नुह्यो भइँतिरु, मैले मन पराएको छुु, फुलमा मौरी डुल्ने बेलामाु, रातो पछ्यौरी तातो पछ्यौरीु, आओ यादहरू आओ लगायत सयौँ चर्चित गीत उनले लेखेका छन् ।

बैशाख २९, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments