उपत्यकाका अधिकांश सवारीमा प्रदुषण फेल

उपत्यकाका अधिकांश सवारीमा प्रदुषण फेल

download

बैशाख १३ । उपत्यकामा चल्ने अधिकांश सवारी साधनमा प्रदुषण फेल रहेको देखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण अभियानअन्तर्गत ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र सवारी परीक्षणको संयुक्त टोलीले यातायातका साधनबाट हुने प्रदुषण अनुगमन तथा जाँच गर्दा अधिकांश सवारी साधनमा प्रदुषण फेल देखिएको हो ।
महाशाखाले गएको चैत २१ गतेदेखि गरेको एक हजार ३२४ सवारी साधनको प्रदुषण अनुगमन तथा जाँचमा ६७० सवारी साधनमा प्रदुषण फेल देखिएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकामा चल्ने अधिकांश सवारी साधन प्रदुषण फेल देखिएको बताउनुभयो ।

बैशाख १३, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments