ईलाका प्रहरी कार्यालय खानीखोलामा चालकहरुका लागी स्वास्थ्य शिबिर

ईलाका प्रहरी कार्यालय खानीखोलामा चालकहरुका लागी स्वास्थ्य शिबिर

rajmarga sanchar

सन्तोष सुवेदी
खानीखोला, फाल्गुण २४ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रहेर आज ईलाका प्रहरी कार्यालय खानीखोलामा सवारी चालकहरुको आँखा, सुगर र रतmसञ्चारको चेकजाँच कार्यक्रम गरिएको छ । ईलाका प्रहरी कार्यालय खानीखोला, जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङ र ईलाका प्रहरी कार्यालय धादिङको सँयुतm आयोजनामा सञ्चालित स्वास्थ्य शिबिरबाट ४० जना चालक लाभान्वित भएका छन् । राजमार्ग क्षेत्रमा दैनिक लाखौँ सवारी साधन आवाज जावात गर्ने सडकमा दुर्घटना कम गर्ने उदेश्यले आजको स्वास्थ्य शिबिर कार्यक्रम आयोजना गरिएको ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख उद्धव पोखरेलले बताउनुभएको छ ।

बिषेश गरि त्रिभुवनराजपथ र पृथ्वीराजमार्गमा सवारी चलाउने चालकहरुको रक्तसञ्चार प्रणाली, आँखामा मलिनता लगायत समस्याका कारण जुनसुकै बेलामा पनि दुर्घटना हुन सक्ने भन्दै आजको शिबिरले केहि हद सम्म सवारी दुर्घटना कम गर्न सहयोग पुग्ने समेत उहाँले बताउनुभयो ।

जम्मा ४० जना चालकहरुको स्वास्थ्य परिक्षण गरिएको, यहाँ ३० जनाको नाम उल्लेख छ ।
जम्मा ४० जना चालकहरुको स्वास्थ्य परिक्षण गरिएको, यहाँ ३० जनाको नाम उल्लेख छ ।

धुनिबेशिनगरपालिका, नौबिसे स्वास्थ्य चौकी, शिवदर्शन अस्पताल धार्केको सँयुतm प्रयासमा आज स्वास्थ्य परिक्षणका लागी धुनिबेशिनगरपालिकाका स्वास्थ्य प्रमुख शिबहरी भट्ट, नौबिसे स्वास्थ्य चौकीका ईन्चार्ज हेमन्त सुवेदी र शिवदर्शन अस्पताल प्रालिका स्वास्थ्य सहायक अरुन अधिकारीको सलग्नतामा आजको शिबिर सम्पन्न भएको छ ।
शिबिरमा बोल्दै ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख उद्धव पोखरेलले सवारी दुर्घटनालाई कम गर्नको लागी आजको शिबिर आयोजना गरिएको बताउनुभयो ।
साथै उहाँले यस्ता शिबिर आयोजनाले प्रभावकारीता हुने भन्दै सवारी चलाउँदा ओभरटेक नगरी सवारी चलाउन अनुरोध गर्नुभयो । यसैगरी शिबिरमा बोल्दै धुनिबेशि स्वास्थ्य प्रमुख शिबहरी भट्टले सबै चालकले बेला बेलामा स्वास्थ्य परिक्षण गरिहनुपर्ने बताउनुभयो ।

चालकहरुको स्वास्थ्य परिक्षण गर्दा सबैमा राम्रो देखिएको र केहिमा सामान्य समस्या देखिएको उहाँले बताउनुभयो । समस्या देखिएकालाई अन्य अस्पतालमा उपचार तथा परिक्षण गर्न सुझाव दिईएको समेत उहाँले बताउनुभयो । चालकहरुको स्वाथ्य कमजोरीले सयौँ यात्रुहरुको जीवन जोखिममा पर्छ । यसलाई मध्यनजर गर्दै आजको शिबिर राखिएको र भोलीका दिनमा पनि यस्ता प्रभावकारी कार्यहरु गर्दै जाने ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख उद्धव पोखरेलले बताउनुभयो ।

फाल्गुण २४, २०७५ प्रकाशित 

Facebook Comments