आमाको किरियामा बसे दुई छोरी !

आमाको किरियामा बसे दुई छोरी !

kiriya

धादिङ । धादिङमा आफ्नी आमाको मृत्यु पश्चात दुई जना छोरीले हिन्दु संस्कार अनुसार किरिया सुरू गरेका छन् । छोरी किरिया बस्नु हुँदैन भन्ने परम्परागत अन्धविश्वासी सामाजिक मान्यतालाई तोड्दै जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ ढोला घर भई हाल नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसी पुछारवजारमा बस्ने दुई छोरीले आफ्नी आमाको किरिया गरिरहेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ धादिङका अध्यक्ष एवम धादिङ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विश्वराम दुवाडीको धर्मपत्नि ४१ वर्षीया भगवती दुवाडीको अर्वुद रोगको कारण यहि बैशाख १७ गते निधन भएपछि उनकी दुई छोरी संगिता र सरला आमाको काजकिरियामा बसेका हुन् । छोराले मात्रै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै संगीता र सरलाले आफ्नी आमाको किरिया बसेपछि अहिले धेरैले यो बिषयलाई निकै चासो दिएका छन् ।

संगिता र सरलाले किरिया गर्दा कपाल खौरनेबाहेक अरु सबै विधि पुरा गरिरहेका छन् । संगीता स्नातक तह र सरला कक्षा ११ मा पढ्दै छिन ।केहि बर्ष अघि जिल्लाकै धुनिबेसी नगरपालिकाको राईगाउँमा पनि छोरीहरुले किरिया गरेका थिए ।

२०७६ बैशाख २३ गते प्रकाशित

Facebook Comments