आज देशका धेरैजसो निजी विद्यालय बन्द

आज देशका धेरैजसो निजी विद्यालय बन्द

band_aa11aENQYU

धादिङ, माघ २४ । आज देशभरका सबैजसो निजी विद्यालय बन्द भएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेपछि धेरैजसो निजी विद्यालयले आज छुट्टी दिएका हुन् ।
विद्यालय बन्द हुँदा लाखौँ बालबालिकाको पढाइ प्रभावित भएको छ । संगठनका कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई पक्राउ गरेको विरोधमा शैक्षिक हड्ताल आह्वान गरेको यूनियनले जनाएको छ । अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल घोषणा गरेसंगै काठमाडौं उपत्यकासहित देशभरका अधिकांश निजी तथा संस्थागत विद्यालय र कलेजका पठनपाठन प्रभावित भएका हुन ्।

माघ २४ , २०७५ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments