आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै

work-day

१ सय २९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ । मे १ तारिखको दिन विश्वका ८० भन्दा बढी राष्ट्रमा आधिकारिक रूपमा मे दिवस मनाइन्छ ।

सन् १८८६ मे ४ मा अमेरिकाको शिकागोमा भएको हेमार्केट काण्डको सम्झनामा यो दिवस मनाउन थालिएको हो । आठघण्टे कार्यावधि माग गर्दै आन्दोलन गरिरहेका श्रमिकमाथि दमन गरिएको थियो । घटनामा दर्जनौं श्रमिकको ज्यान गएको थियो ।

नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै आएको छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व मजदुर दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी विश्वभरका श्रमजीविलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सधै सम्मान गरिने राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यसैगरी प्रधानमन्त्री केपीशर्मा ओलीले पनि मजदुर दिवसको अवसरमा शुभकामना दिँदै श्रमिकलाई उचित श्रम मिल्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।

२०७५ बैशाख १८ गते प्रकाशित

Facebook Comments