आईसीसी टी–२० महिला विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई हरायो

आईसीसी टी–२० महिला विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई हरायो

world cup news

धादिङ, फाल्गुण ७ । आईसीसी टी–२० महिला विश्वकपको एसिया छनोटमा नेपालले शानदार प्रदर्शन गर्दै मलेसियालाई हराएको छ । थाइलाइण्डको तेर्दथाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १२६ रन बनायो। नेपालका लागि ओपनर काजल श्रेष्ठले १६ रन बनाउँदा सीता रानामगरले ४२ रन जोडिन् । त्यस्तै इन्दु बर्माले १६ रन बनाउँदा रुबिना क्षेत्रीले नटआउट ३३ रन बनाइन।

त्यसपछि जवाफी व्याटिङमा उत्रिएको मलेसियाले निर्धारित ओभरमा सात विकेट गुमाउँदै ९२ रन मात्र बनाउन सक्यो। महिला विश्वकपको एसिया छनोटमा नेपालसहित चीन, कुबेत, थाइल्याण्ड, चीन र हङकङ छन्। नेपालले अर्को खेल फेब्रुअरी २१ मा आयोजक थाइल्याण्डसँग खेल्ने छ।

फाल्गुण ७ गते, २०७५ प्रकाशित

Facebook Comments