अफ्रिकी आँधिबाट १० दिनमा ७५० को मृत्यु, हैजा–मलेरियाको महामारी सुरु

अफ्रिकी आँधिबाट १० दिनमा ७५० को मृत्यु, हैजा–मलेरियाको महामारी सुरु

0521_idai_f_7DROd6jmGk

चैत्र ११ । अफ्रिकाका केही देशमा आएको आँधि तुफानबाट १० दिनमा ७५० जनाको मृत्यु भएको छ । मोजाम्बिक, जिम्बाबे र मालावी आँधिबाट बढी प्रभावित भएका छन् । बिजुली र सफा पिउने पानीको व्यवस्था गर्ने काम गरिरहेका छन् । स्थानीय अधिकारीका अनुसार आँधिपछि प्रभावित क्षेत्रमा हैजा–मलेरिया जस्ता महामारी फैलिन सुरु गरेको छ । यसले थप संकट निम्त्याउने आशंका गरेर त्यसतर्फ सर्तकता अपनाइएको छ ।
अहिलेसम्म आँधिबाट मोजाम्बिकमा ४४६, जिम्बाबेमा २५९ र मालावीमा ५६ भन्दा धेरै मानिसको मृत्यु भएको छ । मोजाम्बिकका पर्यावरण मन्त्री सेल्सो कोरेयाले यो प्रारम्भिक तथ्यांक भएको र मृत्यु हुने मानिसको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको बताएका छन् । जलस्तर घटेपछि अन्य शव बरामद हुनेछ र यसपछि अहिले मृत्यु हुनेको संख्या बढेर १ हजारभन्दा माथि पुग्न सक्ने मन्त्रीको अनुमान छ ।
हैजा–मलेरियाको संक्रमण नियन्त्रणभन्दा बाहिर पुगिसकेको छ । मोजाम्बिकको बैरा र डोंडो शहरमा पानीको व्यवस्था गरिएको छ ।

चैत्र ११, २०७५ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments